लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ। आज बसेको संवैधानिक परिषद्को  बैठकले आयोगमा रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट सिफारिसमा परेका हुन्। 

आजको बैठकमा भने देउवा सहभागी भएका थिएनन् । 

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइने र सो समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्।

संवैधानिक परिषद्को आजको बैठकले लोकसेवा आयोग लगायत निर्वाचन आयोगमा पनि पदाधिकारी सिफारिस गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ।

Skip This
Skip This
Logo