गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छिन्।
यस अघि मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।
मुख्यमन्त्री गुरुङले राजीनामा दिए पनि अर्को सरकार गठन नभएसम्म उनकै नेतृत्वमा कार्य संचालन हुने भएको छ।





























प्रतिक्रिया