पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ।
प्रधानमन्त्री ओलीले आइतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न पठाएका थिए। पौडेल , नेम्वाङ्ग र नेपालबीच सिंहदरबारमा छलफल भएपनि राजनीतिक विवादको समाधान निस्कन सकेन। बैठकमा पार्टी एकतालाई बलियो बनाएर लैजाने पुरानै कुरा दुवै पक्षबाट राखियो तर समाधान केही निकालिएन।
बैठकपछि संञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उपनेता नेम्वाङ्गले पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्ने भन्ने कुरा भएको तर देखिएका समस्यालाई टुंगोमा पुर्याउनका लागि ठोस आधारहरुका बारेमा फेरि छलफल गर्ने सहमति भएको बताए। आफूहरुलाई प्रधानमन्त्रीले नेता नेपालसँग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुर्याउने उनले बताए।
सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले आइतबार पार्टीभित्रकै असन्तुष्ट समूह नेपाल–खनाल पक्षसँग छलफल गर्न महासचिव पौडेल र उपनेता नेम्वाङ्गलाई पठाएका थिए।
यसैबीच अहिले नेता नेपालले आफ्ना पक्षका सांसदहरुसँग सिंहदरबारमा दुईपक्षीय, त्रिपक्षीय छलफल गरिरहेका छन्।





























प्रतिक्रिया