प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको औषधि खरिदमा सरकार कुनै भ्रष्टाचार र कमिसनमा नलागेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको विशेष सभामा आफूले विश्वासको मत मागेपछि आएका गुनासाहरुको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले औषधि खरिदमा भएका भ्रष्टाचारको प्रमाण भए दिन र त्यस्तालाई कारबाही गरिने पनि बताए।
उनले सरकारले काम गरेको नदेख्नेलाई पाप र धर्मको ख्याल गर्न पनि सुझाव दिए। ओलीले धरहरा निर्माण सम्पन्न नभएकाहरुले गएर हेर्न आग्रह पनि गरेका छन्।
प्रधानमन्त्रीले अध्यादेश संवैधानिक प्रक्रिया भएको स्मरण गराउँदै गतिशील हुनु पर्ने संस्था ठप्प हुन नदिनका लागि अध्यादेश ल्याइएको पनि बताए।
ओलीले सरकारले कहिले पनि संविधान मिच्ने काम नगरेको र यस्तो आरोप लगाउनेले इमानको छातीमा हात राखेर सोच्न पनि अनुरोध गरे।





























प्रतिक्रिया