यी हुन् एमालेका २८ सांसद, जसले ओलीलाई विश्वासको मत दिएनन्

यी हुन् एमालेका २८ सांसद, जसले ओलीलाई विश्वासको मत दिएनन्


नेकपा (एमाले)का २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका छन् । उनीहरु आजको  संसद बैठकमा पनि उपस्थित भएनन्।

संसदीय दलको ह्वीपविपरीत नेपाल-खनालसमूहका २० जना प्रत्यक्ष र ८ जना समानुपातिक सांसदहरु आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन्। यद्यपी यही समूहका भनिएका ७ जनाले भने ओलीका पक्षमा मतदान गरेका छन्। 

संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन्। यस्तै उपस्थित नहुनेहरू २८ जना छन् । 
अनुपस्थित हुने सांसदहरू:

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

Logo