राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान, दलहरुले पाए तीन दिनको समयसीमा

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान, दलहरुले पाए तीन दिनको समयसीमा


राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । संविधानको धारा (७६) २ बमोजिम वैकल्पिक सरकार गठनका लागि आज उनले आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनको समयसीमा ३ दिन दिएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि अहिले प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा (७६) को २ बमोजिमको बहुमतको सरकारको प्रक्रिया सुरु गर्न माग गरेका थिए।

Logo