नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर चुनावमा जाउँः डा. बाबुराम भट्टराई

नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर चुनावमा जाउँः डा. बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्। उनले यस्ताे राष्ट्रिय सरकार नयाँ व्यक्तिको नेतृत्वमा हुनु पर्ने पनि बताए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले यसअघि प्रधानमन्त्री भइसकेका बाहेकको नेतृत्वमा एक वर्षभित्र चुनाव गर्ने गरी सहमतिको सरकार बनाउनुपर्ने धारणा राखेका हुन्।

वर्तमान संकट हल गर्नका लागि संयुक्त सरकार एकमात्र विकल्प भएको भट्टराईको दाबी छ। 

वर्तमान संकट समाधानका लागि भन्दै उनले चार विकल्पसमेत प्रस्तुत गरेका छन्। 

१. धारा७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

२. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति

३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत

४. एक वर्षभित्र चुनाव !

Logo