नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमित र मृतकको संख्या घटाउनतिर ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै आज थापाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिएको टिप्पणी नेता थापाको थियो ।
उनले भनेका छन्,
‘प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै, प्रधानमन्त्री ज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔँ।’





























प्रतिक्रिया