नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच अहिले भेटवार्ता चलिरहेको छ । स्रोतका अनुसार देउवा निवास बुढानिलकण्ठमा उनीहरुबीच भेटवार्ता चलिरहेको हो ।
बैठकमा नेता त्रयका साथै माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, अर्का महामन्त्री डा. शशांक कोइराला र पूर्वसभामुख ओन्सरी घर्तीलगायत रहेका बताइएको छ।
विपक्षी दलहरुले बिहीबार दिनभरि जस्तै गठबन्धन सरकार बनाउन कसरत गरेका थिए । तर सफल भने भएनन् । त्यस लगत्तै आज उनीहरु पुनः छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् । उनको आजै दिउँसो साढे दुई बजे शपथ हुँदैछ।































प्रतिक्रिया