हाम्रो अडान यथावत छ : भीम रावल

हाम्रो अडान यथावत छ : भीम रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन्।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मिहेनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन्।

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरि संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमालेभित्रको संकट निवारण भएको हो भन्ने संचारकर्मीको प्रश्नमा उनले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए। बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया उनले दिए।

उनले भने, “हामी अहिले पनि कानूनी शासन मान्ने पद्धती अनुरुप देश, विभिन्न संगठनहरु विशेष गरी राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वाभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा कायमै छौं। यस सन्दर्भमा हिजो जे जति कुराहरु भए ती कुराहरुमा केही सकारात्मक कुराहरु अवश्य भएका छन्। त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ। ”

Skip This
Skip This
Logo