नागरिकको जीवन रक्षाका लागि प्रक्रियामा नअल्झिनुः प्रधानमन्त्री (भिडियोसहित)

नागरिकको जीवन रक्षाका लागि प्रक्रियामा नअल्झिनुः प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न उक्त कार्यदल तयार गरिएको हो। कार्यदल गठनसँगै अब, पार्टी एक भएर अघि बढ्ने विश्वास गरिएको छ। यसैबीच बैठकपछि सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वार्ता सकारात्मक भएको भन्दै अब पार्टी एक भएर अघि बढ्ने प्रतिक्रिया दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणका कारण परिस्थिति विषम बन्न पुगेको भन्दै त्यसतर्फ सबैले सचेत भएर लाग्न आग्रह गरेका छन्। शनिबार साँझ बालुवाटारस्थित सरकारी निवासमा सर्वपक्षीय भेलामा उनले अक्सिजनको आपूर्ति सहज र पर्याप्त बनाउने काममा लाग्न उद्योग व्यवसायीलाई निर्देशन दिएका छन् भने, संकटका समयमा अत्यावश्यक वस्तुहरुमा अनुचित लाभलिने काम नगर्न पनि सुझाएका छन्। उनले पछिल्लो दिन यता, नेपालको स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भनिएको प्रसंग निकाल्दै त्यो भ्रमपूर्ण टिप्पणी भएको भन्दै त्यसको विरोध गरेका छन्। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनेको छ । यस्तै नेपालको अहिलेको अवस्था हेरेर तत्काल स्वास्थ्य संकटकालको अवस्थान नरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ। 

आगामी असार १ गतेदेखि सुरु गर्ने भनिएको नयाँ शैक्षिकसत्र निर्धारित समयमा सुरु हुनेमा अन्यौलता देखिएको छ। गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, ०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, ०७८  सञ्चालन गर्ने निर्णय भएपनि कोरोना संक्रमणको प्रभाव बढ्दै जाँदा सम्भव नदेखिएको हो। योसँगै सामुदायिक तथा निजी विद्यालयमा गरि झन्डै ७० लाख विद्यार्थीको पठनपठन प्रभावित बनेको छ। 

निषेधाज्ञाका बीच आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ। यस्तै कारोबार रकममा पनि नयाँ रकेर्ड कायम भएको छ। आइतबार नेप्से सूचक दोहोरो अंकले अर्थात् ५४.२६ अंकले बढेर २ हजार ७ सय ३८.३५ को बिन्दुमा पुगेको हो। आइतबार १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। 

Skip This
Skip This
Logo