एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको  कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो। एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरेको बताए। 

उनले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भावका लागि आह्वान गर्ने निर्णयसमेत गरिएको जानकारी दिए। 

मंगलबारको बैठकले कार्यदलका कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णयसमेत गरेको छ। 

थापा नै आधिकारिक उम्मेदवार

नेता ज्ञवालीले राष्ट्रियसभाको आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रामबहादुर थापालाई पार्टीले मतदान गर्ने निर्णयसमेत गरिएको जानकारी दिए। 

Skip This
Skip This
Logo