काठमाडौं ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
एमसीसीबारे राजनीतिकरुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैं गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए । परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकाले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनु पर्ने बताए ।
उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको बताए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि बताए।
उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैंले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पारेका छन् । ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरि रुपान्तरणकारी आयोजनामा समावेश गरेको प्रष्ट पारे ।





























प्रतिक्रिया