एमालेले भन्यो–हामी सर्वोच्च अदालतको निर्णय मान्छौं

एमालेले भन्यो–हामी सर्वोच्च अदालतको निर्णय मान्छौं

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको मान्ने बताएको छ।

स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावना विपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको निर्णय कार्यान्वयन गर्नु सरकारको कर्तव्य र धर्म रहेको बताए।

ज्ञवालीले भने, 'अदालतको निर्णयप्रति हाम्रा कतिपय तर्क र फरक राय हुन सक्छन् । तर, अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो। तर, अहिले नै हामीले पूर्णपाठ हेर्न पाएका छैनौं। त्यो पनि हेर्छाैं।'
 

Logo