जसपा केन्द्रीय कार्यकारिणी बैठक अनिश्चितकालका लागि स्थगित

जसपा केन्द्रीय कार्यकारिणी बैठक अनिश्चितकालका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो।

शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बैठक स्थिगित भएको जानकारी दिएका हुन्। 

यस अघि जेठ ४ गते जानकारी गरिए अनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारण अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको छ।’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा लेलिएको छ।

 

Logo