माधव नेपाल समूहका सांसदहरुको सिंहदरबारमा भेला

माधव नेपाल समूहका सांसदहरुको सिंहदरबारमा भेला


नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन्।

आजै देउवा निवास पुगेका वरिष्ठ नेता नेपालले त्यहाँ भएको कुराहरुको ब्रिफिङ र बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५)को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो।

छलफलका लागि नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत सांसदहरु सिंहदरबार पुगेका छन्। 

वैकल्पिक सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५)अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन्।

Logo