राष्ट्रपति भण्डारीले बहुमतको आधारलाई अध्ययन गर्ने

राष्ट्रपति भण्डारीले बहुमतको आधारलाई अध्ययन गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको आधारलाई अध्ययन गर्ने भएकी छिन्।

उनले राजीनामा नदिइकन वैकल्पिक सरकारको आह्वान गराउँदा फेरि प्रधानमन्त्रीको दावी गरेका केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको दावीको आधार अध्ययन् गर्ने भएकी हुन्।

राष्ट्रपति कार्यालयका सहयाक प्रवक्ता केशवप्रसाद घिमिरेले बहुमतको आधार अध्ययनपछि प्रेस विज्ञप्ति सार्वजनिक गरिने बताए।

ओलीले १५३ सांसदको र देउवाले १४९ सांसदको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) अनुसारको सरकारका लागि आज दावी प्रस्तुत गरेका छन्।

एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको हस्ताक्षरसहित ओलीले दावी गर्दा देउवाले पनि कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, एमालेको माधवकुमार नेपाल पक्षको २६, जनता समाजवादी पार्टीको १२ जना र राष्ट्रिय जनमोर्चाकी एक जनाको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका हुन्।

राष्ट्रपतिले पनि प्रधानमन्त्रीमा दावी पेश गर्ने 

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विपक्षी दलका नेताहरूलाई कानूनी पक्ष हेरेर प्रधानमन्त्री पदमा दावी प्रस्तुत गर्ने भनेकी छिन्।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिज्यूले पनि सल्लाह गरेर प्रधानमन्त्री पदमा दावी प्रस्तुत गर्ने भनेको बताए।

Logo