नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले एमाले एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले आफूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम उल्लेख नगरि भट्टराईले यस्तो बताएका हुन्। उनले शुक्रबार (आज) लाई जीवनकै सबैभन्दा कठिन दिन भएको पनि बताएका छन्।
सामाजिक संजालमा उनले लेखेका छन्, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा (एमाले)को एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ, सहि गरें की, गलत गरें इतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’





























प्रतिक्रिया