जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि निर्वाचन नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन्। उक्त कदमको एकजुट भएर प्रतिवाद गर्न जरुरी रहेको उनको भनाइ छ।
सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान ट्वीट गर्दै उनले प्रतिनिधिसभा भंग गर्दै मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई ‘कूकर्म’ पनि भनेका छन्।
‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र/सेटिङमा गत पुस ५ गतेबाट प्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो, त्यसैको कडी हो यो ओली–विद्या कुकर्म।’ उनले भनेका छन् ।































प्रतिक्रिया