विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै

विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेसंगै संयुक्त बैठक बोलाइएकाे हाे । 

बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शनिबार विहान ११ बजेका लागि बोलाइएकाे छ। बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागिता रहने छन् । 

प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको बताइएको छ । 

Skip This
Skip This
Logo