प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले राजनीतिक र कानूनी दुवै लडाइँ लड्ने

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले राजनीतिक र कानूनी दुवै लडाइँ लड्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठकले फेरि प्रतिनिधिसभा विघटन गर्नुलाई घोर असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको बैठकले विघटनविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँ लड्ने निर्णय पनि गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। त्यसका लागि कांग्रेसले विपक्षी दलहरूसँग सहकार्य गर्ने भएको छ।

मध्यरातमा श्रृङ्खलाबद्धरूपमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका मूल्य मान्यतालाई छियाछिया पार्ने काम प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको पनि बैठकले निष्कर्ष निकालेको नेता महतले बताए।

बैठकमा कोभिडको महामारी पनि भएकाले सुरक्षित रहेर गठबन्धनमा रहेका दलहरूसँग मिलेर संयुक्त आन्दोलनदेखि पार्टी र पार्टीका भातृ संगठनहरूबाट प्रतिवाद गर्ने विषयमा पनि छलफल भएको छ।

Logo