राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडायोः राप्रपा अध्यक्ष राणा

राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडायोः राप्रपा अध्यक्ष राणा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको बताएका छन्।

सोही कारण विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडल अनुशरण गरेर विगतको गल्ती सच्याउनुपर्ने पनि उनले बताए।

‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनः पुष्टी गरेको छ,’ राप्रपा अध्यक्ष राणाले शनिबार ट्वीट गर्दै भने। 

राजनीतिक कोर्श करेक्सन गर्नुपर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजासहितको प्रजातन्त्र अनुशरण गरेर गल्ती सच्याउनुको विकल्प नभएको पनि बताए।

निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु र जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको टिप्पणी उनले गरेका छन्।

‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो । यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो र ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो ।’ राणाले भनेका छन्।

Logo