‘बादल’लाई हराउन भूमिका खेलेको भन्दै एमालेद्वारा १४ प्रदेश सांसदसँग २४ घन्टे स्पष्टिकरण माग

‘बादल’लाई हराउन भूमिका खेलेको भन्दै एमालेद्वारा १४ प्रदेश सांसदसँग २४ घन्टे स्पष्टिकरण माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ। वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै उनीहरुलाई २४ घन्टे स्पष्टिकरण सोधिएको हो।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेकाले १४ जना प्रदेशसभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको केन्द्रबिन्दुलाई बताए।

केन्द्रदेखि प्रदेशसम्म लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेका कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उनले बताए ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, ईन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाइँ, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाल रहेका छन्।

Logo