फेरि माधव पक्षमाथि कारवाहीको डण्डा चलाउँदै ओली, ११ सांसद कारवाहीमा

फेरि माधव पक्षमाथि कारवाहीको डण्डा चलाउँदै ओली, ११ सांसद कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ।

प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग साँठगाँठ गरेको आरोपमा नेपालसहितका ११ जना सांसदहरूमाथि ओलीले कारवाही प्रक्रिया अगाडि बढाएको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई कारवाही गर्न लागिएको बताए।

तर, नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई लगायतलाई भने कारवाही नगर्ने भएको छ।

Logo