नयाँ पार्टी खोल्ने नेता नेपालको उद्घोष

नयाँ पार्टी खोल्ने नेता नेपालको उद्घोष

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने बताएका छन् ।

‘केपी ओलीले हामीलाई धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ, अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ, नयाँ पार्टी खोल्ने कुरा स्वाभाविक हो नि,’ कान्तिपुर दैनिकलाई दिएकाे एक अन्तरवार्तामा वरिष्ठ नेता नेपालले भनेका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्य गरेका नेपालसहितका ११ जनालाई स्पष्टीकरण सोधिएलगत्तै नेता नेपालको यस्तो भनाइ सार्वजनिक भएको हो ।

नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो।

पार्टीभित्र कुनै मतलब नराखेर केपीले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेर एकलौटी गरिरहेकाे तथा असंबैधनिक कदमलाई सच्याउनुकाे सट्टा झण अलोकतान्त्रिक कदम चालेकाेले यो कदम चाल्न बाध्य बनाएकाे उनले बताएका छन् । 

Logo