राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी, अब आमाको नामबाट पनि बंशजको नागरिकता पाइने

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी, अब आमाको नामबाट पनि बंशजको नागरिकता पाइने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ मा आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा सन्तानलाई नागरिकता पाउने बाटो खुल्ला भएको छ।

अब जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ।

मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । यहि अध्यादेशपछि नेकपा एमाले ओली र जसपाको सम्बन्ध थप सुमधुर भएको हो।

संविधानको धारा ११ को उपधारा (३) मा  संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ। 

यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।

यस अध्यादेशलाई जसपाले स्वागत गरेको छ भने राष्ट्रिय प्रजातान्त्रीक पार्टीले विरोध गरेको छ।
अन्य पार्टीहरुले पनि आधिकारीक धारणा राख्ने क्रम जारी छ।

संसद भंग भएपछि सरकारले यो प्रावधान अध्यादेशमार्फत ल्याएको हो।

Skip This
Skip This
Logo