माधव नेपाल पक्षका चार सांसदले गरेनन् हस्ताक्षर, एक जना थपिए

माधव नेपाल पक्षका चार सांसदले गरेनन् हस्ताक्षर, एक जना थपिए

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री पदमा दावेदारी प्रस्तुत गरेका शेरबहादुर देउवालाई शुक्रबार हस्ताक्षरसहित समर्थन जनाएकामध्ये चार जना निवर्तमान सांसदले यसपटक हस्ताक्षर गरेनन्।

हस्ताक्षर नगरेका निवर्तमान सांसदहरू गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढा हुन्। उनीहरू सबै एमाले नेता माधवकुमार नेपाल पक्षका हुन्। तर, निवर्तमान सांसद कल्याणी खड्का भने यसपटक थपिएकी छिन्।

यसो हुँदा विपक्षी गठबन्धनमा रहेर हस्ताक्षर गर्ने नेता नेपालपक्षीय सांसदको सङ्ख्या २३ पुगेको छ।

यस्तै नेपाली कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९ जना, जनता समाजवादी पार्टी (जसपा) को १२ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी १४६ जनाले हस्ताक्षर गरेका छन्।

यीनै दल र पक्ष गठबन्धनमा सम्मिलित छन्। उनीहरूको हस्ताक्षरसहित गठबन्धनले बहुमतको दावी भएको पुष्टि गराउन प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा देउवालाई नियुक्तिका लागि माग गरी रिट दायर गर्ने भएको छ।

गठबन्धनले हस्ताक्षर गर्ने सांसदहरूलाई नागरिकतासहित सर्वोच्चमा उपस्थित गराउने भएको छ।

Logo