स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाइए जागेश्वर, अब युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखको जिम्मेवारी

स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाइए जागेश्वर, अब युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखको जिम्मेवारी


कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन्।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा. गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्नेभएको थियो।   

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन, अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स र आकस्मिक सेवासमेत सञ्चालन गर्नेछ। 

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्नेछ। केन्द्रीय अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्था गरिएको छ।

Logo