प्रधानमन्त्री र प्रधानन्यायाधीशकाे मध्यरातमा भेट शुभ संकेत होइन: डा.बाबुराम भट्टराई

प्रधानमन्त्री र प्रधानन्यायाधीशकाे मध्यरातमा भेट शुभ संकेत होइन: डा.बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति सामाजिक संजालमा टिप्पणी गर्दै भट्टराईले यो लोकतन्त्रका लागि खतरा भएको बताए।

उनले भनेका छन्, ‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन् !’, उनले भनेका छन्। ‘खिलराज रेग्मी प्रकरण अन्तिरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन।’

उनले राज्यका प्रमुख अंगलाई षड्यन्त्रपूर्वक सिध्याउने र संविधान तथा लोकतन्त्रलाई नै मास्ने खेल भइरहेकाले त्यो हुन नदिने बताएका छन्।

Logo