समाचार पुरानो भनी हटाए भीम रावलले नागरिकता सम्बन्धी विवादित ट्वीट

समाचार पुरानो भनी हटाए भीम रावलले नागरिकता सम्बन्धी विवादित ट्वीट

केन्द्रबिन्दु
0
Shares

निश्कासित नेकपा एमालेका नेता भीम रावलले नागरिकता सम्बन्धी विवादित ट्वीट पुरानो समाचार भनि हटाएका छन्।

सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि उनले वीरगन्जमा नागरिकता लिनेको भीड लागेको भन्ने ट्वीट गरेका थिए। 

तर, भ्रामक रहेको भन्दै चौतर्फि आलोचना गरेपछि उनले विवादीत ट्वीट हटाएका हुन्। उनले यसअघि ट्वीटमा लेखेका थिए,

‘वीरगंजमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!,’ 

नेता रावलले मंगलबार पुनः ट्वीट गर्दै समाचार पुरानो रहेको हुँदा ट्विट हटाएको बताएका छन्।

उनले आज लेखेका छन्,
‘मैले वीरगंजमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन। सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु,’ उनले भनेका छन्।

Skip This
Skip This
Logo