आज कांग्रेस पदाधिकारी बैठक बस्दै, समसामयीक विषयमा छलफल हुने

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, समसामयीक विषयमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले आज बिहान पार्टी पदाधिकारीको बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसारबूढानीलकण्ठस्थित देउवा निवासमा बस्‍ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। 

आजको बैठकमा प्रधानमन्‍त्री केपी ओलीको असंवैधानिक र अलोकतान्‍त्रिक कदमविरुद्धको रणनीति र १४ औं महाधिवेशन तयारीबारे छलफल हुने कांग्रेसले बताइएको छ।

कांग्रेसको अगुवाइमा संसद्‌मा रहेका शीर्ष नेतासहित १४६ सांसदहरूले विघटन खारेज गर्न र देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न सोमबार सर्वोच्चमा रिट दायर गरेका छन्। 

प्रधानमन्त्रीको पछिल्लो कदमलाई कांग्रेसले प्रतिगमनको संज्ञा दिँदै कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।

Logo