प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको हो।

विकसित राजनीतिक घटनाक्रमको राजनीतिक दलबाट मात्र नभइ जनस्तरबाट पनि चर्को आलोचना भइरहेका बेला र सरकारले भोलि अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिरहेको छ । यस्तो बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो।

प्रधानमन्त्रीको सम्बोधन गर्ने भएसँगै राजनीतिक सरगर्मि फेरि बढेको छ। उनको सम्बोधनलाई निकै चासोका रुपमा लिइएको छ ।

Logo