विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई कोरोना संक्रमण देखिएको छ।
पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए अनुसार थापालाई केहीदिन अघि कोरोना संक्रमण भएको थियो । त्यसपछि ह्याम्स अस्पतालमा भर्ना भएका उनलाई ग्राण्डी अस्पतालमा लगिएको थियो।
शुक्रबारदेखि भने नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ। ०७६ असोज अघिसम्म विवेकशील नेपाली दलका अध्यक्ष रहेका थापाको स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको छ ।
पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार थापाको उपचारका लागि अहिले सामाजिक संजालमार्फत आर्थिक सहयोगका लागि आव्हान गरिएको छ। इच्छुक व्यक्तीले यहाँ क्लिक गरेर आएको निर्देशन अनुसार सकेको सहयोग गर्न सकिने बताइएको छ।
सहयोगका लागि यो लिंकमा जानुहोला































प्रतिक्रिया