बजेट अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस

बजेट अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री निवास बालुबाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको स्रोतले जनाएको छ।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ। त्यसैले संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट सरकारले पूर्ण बजेट ल्याउँदैछ।

तर, विपक्षी लगायत अन्य दलहरुले भने कामचलाउ सरकारले संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट पूर्ण बजेट ल्याउन नहुने भन्दै खबरदारी गरिरहेका छन्।

केहि अर्थविद्हरुले पनि सरकारले पूर्ण बजेट ल्याउन नहुने भन्दै बिरोध गरिरहेका छन्। यता प्रधानमन्त्रीले भने यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने गरि पूर्ण बजेट आउने बताइरहेका छन्।

आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ। डेढ महिनाअघि उनले यसपटक वृद्धभत्ता बढाउने घोषणा पनि गरेका थिए।

Logo