प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि सुनुवाइका लागि गठित इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न उठाएका छन्।
उनले न्यायाधीश तेजबहादुर केसी इजलासमा नरहँदा राम्रो हुने बताए।
यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा पनि केसी इजलासमा थिए।
रिटमाथि आइतबार बहस गर्ने क्रममा उनले न्यायाधीश केसी र नेकपालाई विभाजन गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई अलग गर्नुपर्ने तर्क गरे।
‘दुई जना श्रीमानलाई अलग राख्नुपर्छ, पूर्वाग्रह भन्ने लाग्दा प्रश्न उठाउन पाइन्छ, भोलि राय बाझिन सक्छ’, भट्टराईले बताए।
उनी प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने माग गर्ने रिट निवेदकको तर्फबाट बहस गर्दैछन्।































प्रतिक्रिया