पार्टीबाट निष्कासित भए पनि छोडेनन् माधव नेपालले एमाले वरिष्ठ नेता लेख्न

पार्टीबाट निष्कासित भए पनि छोडेनन् माधव नेपालले एमाले वरिष्ठ नेता लेख्न

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपालले अझै पनि नेकपा एमाले वरिष्ठ नेता भनेर आफूलाई परिचित गराइरहेका छन्।

पार्टीको स्थायी कमिटीको बैठकले नेता नेपालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको भएपनि नेता नेपाल आफूलाई बरिष्ठ नेताकैरुपमा चिनाइरहेका छन्।

आइतबार विपक्षी गठबन्धनले निकालेको संयुक्त वक्तव्यमा उनले तेस्रो बरियताको हैसियतले बरिष्ठ नेता माधवकुमार नेपाल लेखिएको स्थानमा हस्ताक्षर गरेका छन्।

पहिलो बरियतामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्।

कारवाहिपछि निष्किासित नेता माधव नेपाल र झलनाथ खनाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्णायक संघर्ष गर्न अपिल गरेका थिए।

पार्टी एकताबद्ध बनाउने भन्दै दुबै पक्षले कार्यदल गठन गरेर विवाद समाधान गर्ने भनिए पनि गत जेठ ६ गतेको राष्ट्रिसभा निर्वाचनमा माधव पक्षले आफ्नै पार्टीका उम्मेद्वार रामबहादुर थापालाई हराउन फ्लोर क्रस गरेका थिए । 

लगत्तै माधव पक्षले आफ्नै पार्टीका प्रधानमन्त्री हटाउन विपक्षीसँग मिलेर मोर्चा बन्दी गर्दै विपक्षी गठबन्धनमा हस्ताक्षर गरेसँगै पार्टी स्थायी कमिटीले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

Logo