हात मिलाएर आ-आफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुनेछः बाबुराम भट्टराई

हात मिलाएर आ-आफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुनेछः बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

डा.बाबुराम भट्टराई पुनः एक नेपाली उखान जस्तो हात लाग्यो शुन्यको स्थितिमा पुगेका छन्।

१० बर्षे सशस्त्र द्वन्द्वदेखि शान्ति सम्झौता हुँदै राज्यको बागडोर सम्हालीसकेका भट्टराईलाई पार्टी परित्याग, टुट र फुटको सिकारमा परिरहेका नेताको रुपमा लिईन्छ ।

माओवादी केन्द्रबाट अलग भएसँगै आफ्नै पार्टी नयाँ शक्ति पार्टी संचालन गरेका भट्टराईले आफूलाई जनता समाजवादी पार्टीमा विलिन गराएका थिए। पछिल्लो पटक जसपाभित्र पनि आन्तरिक टकराव बढेसँगै बाबुराम यता न उताका भएका छन्।

यसैबीच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ–आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्।

पार्टीभित्र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ। अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ।

स्रोतका अनुसार महन्थ ठाकुर पक्षका सरकारमै सहभागि हुने सम्भावना पनि बढेको छ।

तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई–उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिएका बेला भट्टराईले आ–आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माणका निम्ति पुरानो भत्कनै पर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ।

‘अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं! भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ! हात मिलाएर आ–आफ्नो बाटो लागौं! हिडिरहे फेरि भेट हुनेछ!’ उनले लेखेका छन्।

यसैबीच उनी जसपाबाट अलग हुने सम्भावना रहेको धेरैको आंकलन छ। एमालेबाट निष्कासित नेता माधव नेपाल, माओवादी केन्द्र र अन्य बामपन्थी दल मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलिरहेका बेला बाबुराम त्यता लाग्ने बुझाई अहिले राजनीतिक बृत्तमा चलेको छ।

Skip This
Skip This
Logo