जसपाको ठाकुरपक्ष सरकारमा जाने, ओलीसँग आठ मन्त्री र दुई राज्यमन्त्रीको बार्गेनिङ

जसपाको ठाकुरपक्ष सरकारमा जाने, ओलीसँग आठ मन्त्री र दुई राज्यमन्त्रीको बार्गेनिङ

केन्द्रबिन्दु
0
Shares

जसपाले आठ मन्त्री र दुई राज्यमन्त्री लिएर ओली नेतृत्वको चुनावी सरकारमा जाने भएको छ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागि हुने तर त्यसका लागि जसपालाई आठ मन्त्री र दुई राज्यमन्त्री दिनुपर्ने प्रधानमन्त्री केपी ओलीसँगको आजको छलफलमा मागेको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेतासँग भेटवार्ता गरेका थिए ।

आजको भेटमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको जसपाका नेता लक्ष्मण कर्णले जानकारी दिए। 

उनले भने, 'प्रधानमन्त्रीले सरकारमा आउनुहोस भनेर भन्नुभयो । हामीले हाम्रो पार्टीमा आपसमा कुरा गरेर निधो दिन्छौँ भनेका छौं। सरकारमा त जाने नै हो, आठ मन्त्री र दुई राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नु भएको छ।'

तर, कुन मन्त्रालय भन्ने चाहिँ कर्णले खुलाउन चाहेनन्।

Skip This
Skip This
Logo