राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित, बैठकमा ओलीको पनि सम्बोधन

राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित, बैठकमा ओलीको पनि सम्बोधन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन्। संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो। यसअघि पौडेल सह–अध्यक्ष थिए।

भर्चुअलरुपमा संचालन भएको संगठनको पहिलो बैठकले पार्टीको भावी रणनीति, युबा संघको अबको कार्यदिशा कस्तो बनाउने भन्ने बिषयमा निर्णायक छलफल गरेको छ।

बैठकको पहिलो दिन हिजो नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बोधन गरेका थिए। 

त्यस्तै पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ,पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि एमाले पार्टीमा युवाको भूमिका, कोरोनासँग जुध्न सरकारले गरेको प्रयास, एमाले पार्टी रणनिति तथा राजनीतिक कार्यदिशाको बारेमा बिचार व्यक्त गरेका थिए।

बैठकको अन्तिम दिन अर्थात आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समसामयिक बिषयमा आफ्नो कुरा राखेका थिए।

पार्टीमा युवाको भूमिका, पछिल्लो विकसित राजनीतिक घटनाक्रमले ल्याएको परिस्थिती र पार्टीमा अहिले भएका टसलको बारे पनि जानकारी गराएका थिए।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा युवा संघ इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज निरुदेवी पाल लगायतले शुभकामना दिएका थिए।

२ दिनदेखि जारी रहेको सचिवालय बैठकले संगठनको भाबी योजना र कार्यदिशा तयार गर्दै संगठन अध्यक्षबाट वचनबहादुर सिंहलाई बिदाई गर्दै नयाँ अध्यक्ष किरण पौडेललाई स्वागत गरिएको संघका उपाध्यक्ष क्षितिज थेबेले बताएका छन्।

Skip This
Skip This
Logo