सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति


सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ।
टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानूनसम्मत पहल गर्ने सहमति दुई पक्षबीच भएको छ।

त्यस्तै थरुहट÷थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ।

सरकारले थारु कल्याणकारिणी सभासँग वार्ता गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी  रहेको वार्ता टोली गठन गरेको थियो । 

अर्कातर्फ रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए।

Logo