प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।
प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि यस अघि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका विषयमा विवाद भएपछि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिएको हो ।
प्रधानन्यायाधीश जबराले जेठ १८ गते वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास गठन गर्ने बताएका थिए । आज सोही अनुसार संवैधानिक इजलास गठन गरिएको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि आइतबारदेखि सुनुवाइ हुनेछ।





























प्रतिक्रिया