सरकारले पत्रकारहरुको सीप परीक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।
सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परीक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताएका हुन्।
यसका निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए।
मन्त्री गुरुङले यसका निम्ति सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर कामसमेत अगाडी बढाइसकिएको जानकारी दिए।





























प्रतिक्रिया