नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ जेठ २७ गते

नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ जेठ २७ गते

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, ०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा जेठ २७ गतेका लागि राखिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुँदाहुँदै समय अभावका कारण बिहीबारलाई राखिएको हो। 

सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ जारी गरेकी थिइन्। अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन्।

Logo