गौतमको पार्टी एकता अभियानमा ओली र प्रचण्ड दुवैलाई निम्तो

गौतमको पार्टी एकता अभियानमा ओली र प्रचण्ड दुवैलाई निम्तो

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेका छन् । ललितपुरको धोबीघाटस्थित एक सभाहलमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित भएपछि गौतम नेकपालाई बचाउन लागिपरेका छन् । ओली र प्रचण्ड दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका बेला उपाध्यक्ष गौतम भने एकताकाे पक्षमा उभिएका हुन् ।

पार्टी एकता राष्ट्रिय अभियान कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ ।

Logo