बाबुरामको प्रश्नः नाकाबन्दीको कट्टर समर्थक र विरोधीको सालनाल कसरी जोडियो?

बाबुरामको प्रश्नः नाकाबन्दीको कट्टर समर्थक र विरोधीको सालनाल कसरी जोडियो?

केन्द्रबिन्दु
0
Shares

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? भनेर प्रश्न गरेका छन् ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका नेता डा. भट्टराईले त्यस्तो प्रश्न गरेका हुन्।

सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम?’

उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो?’

भट्टराईले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको एक पक्ष ठाकुर र महतोपक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उक्त ट्वीट गरेका हुन्।

Logo