नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतावद्ध गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आव्हान सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
अध्यक्ष ओलीले आइतबार साँझ एक वक्तव्य जारी गर्दै पार्टीलाई एकतावद्ध बनाउनका लागि ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए।
त्यसैको प्रतिउत्तरमा नेता भट्टराईले ओलीको यो आव्हानले कार्यदलको वार्तालाई समेत निरन्तरता दिन बाटो खोलेको भन्दै शीर्ष नेतृत्वमा हुने सार्थक संवादले निष्कर्षमा पुग्न सघाउने बताएका छन् ।
भट्टराईले संबिधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताका खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने समेत बताए।
भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्ः– नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्यमार्फत गर्नु भएको आव्हान मुलत सकारात्मक छ । कार्यदलस्तरको छलफललाई यो बक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्नेछ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताका खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ।































प्रतिक्रिया