राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अन्य दुई जना अध्यक्षहरू पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई ‘अल्छी घोडा’ भनेका छन्।
तीब्रगतिको घोडा आफू भन्दै उनले जबरा र लोहनी गतिहीन घोडा होला भनेर सोच्दै नसोचेको बताए।
सोमबार थापाले गरेको ट्वीटमा भनिएको छ, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीब्रगति लिन सक्दैन। यो नैसर्गिक सत्य हो। यो सत्य नबुझेको पनि होइन, तर तीबगति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।’
उनले दुई अध्यक्षका कारण पार्टी थला पर्न सक्ने टिप्पणी गरे। उनी आफू दुई अध्यक्षले गर्दा नै अगाडि बढ्न नसकेको बताए। ‘दुई अल्छि घोडाको बीचमा च्यापिएको तीब्रगतिको घोडाको हालत के होला? च्यापिएर थला पर्न बेर छैन।’
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उनी जान चाहन्थे। तर, अर्का अध्यक्षद्वयसँगै पार्टीको ठूलो पंक्तिले सरकारमा जान नहुने बताएपछि थापाको यो ट्वीटमार्फत असन्तुष्टि सार्वजनिक भएको हो।





























प्रतिक्रिया