माधव नेपालको नयाँ शर्तः ‘प्रतिनिनिधिसभा विघटन फिर्ता लिनु पर्छ’

माधव नेपालको नयाँ शर्तः ‘प्रतिनिनिधिसभा विघटन फिर्ता लिनु पर्छ’

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री बनाइयोस’ भन्दै हस्ताक्षरसहित समर्थन गरेका सत्तारुढ एमालेकै माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी ओलीसँग नयाँ शर्त राखेका छन्।

ओलीले प्रतिनिधिसभा विघटनको निर्णयलाई फिर्ता लिनुपर्ने शर्त माधव पक्षले राखेको हो।

आइतबार राति अध्यक्ष ओलीले माधव पक्षले देउवालाई हस्ताक्षरसहित दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव वक्तव्यमार्फत गरेपछि नेपाल पक्षको उक्त जवाफ आएको हो।

यससँगै पार्टीको संरचनालाई २ जेठ २०७५ अगाडिदेखि बढाउनु पर्ने माधव पक्षको एजेण्डा छ।

वक्तव्यमार्फत अध्यक्ष ओलीले भने जेठ २ नभइ जेठ ३ गतेपूर्व फर्किन तयार रहेको बताएका छन्।
 

Skip This
Skip This
Logo