राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित पाण्डेले लिए शपथ

राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित पाण्डेले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य पदमा निर्वाचत दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १७ गते निर्वाचित पाण्डेलाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

उनी लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचनमार्फत निर्वाचित भएका हुन्। उनले नेकपा एमाले अध्यक्ष केपी ओली पक्षका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए।

कांग्रेसका उम्मेदवार पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षको पनि समर्थन थियो।

Logo