धर्म परिर्वतन रोक्नका लागि सांसद माझीले मागिन विशेष कार्यक्रम

धर्म परिर्वतन रोक्नका लागि सांसद माझीले मागिन विशेष कार्यक्रम


वागमती प्रदेश सभाको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले वागमती प्रदेशमा सबैभन्दा धेरै बसोवास गर्ने आदिवासी जनजाति भएकाले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धन गर्न नसकेमा धर्म परिवर्तनले यो प्रदेशको मौलिकता, गहना अस्ताएर जाने बताउँदै धर्म परिवर्तन रोक्नको लागि विशेष कार्यक्रम संचालन गरिनु पर्ने बताइन्। 

धर्म, संस्कार, संस्कृति र रितिरिवाज धर्म परिवर्तनले खाईसकेको बताउँदै यदि यो क्रम नरोकिने हो भने पहिचानबिनाको आदिवासी जनजाति स्थापित हुने बताइन्। 

सांसद माझीले खोपको नीति ल्याए पनि कहिले ल्याउने, कति ल्याउने निर्क्यौल गरि समयमा टुङ्गो लगाउनु पर्ने बताइन् । सांसद माझीले जलविद्युतबाट विस्थापित हुने माझी लगायत समुदायको संरक्षण हुने गरि प्रतिबद्धतासहित कम क्षतिमा कार्य गर्न समेत माग गरिन्।

Logo